काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दैछ।
ओमानमा जारी प्रदर्शनमा नेपाल अपराजित रहँदै एक खेल अगावै समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो। खेल आज नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ।
साविक विजेता नेपाललले आसिफ सेखको एक हजार रन र दीपेन्द्रसिंह ऐरीको ६ छक्का तथा टिमको सन्तुलित प्रदर्शनले विपक्षीलाई दबाबमा राख्दै आइरहेको छ। आज साउदी अरेबियालाई हराउँदै समूह विजेता बनेर अन्तिम चारमा जाने योजनामा छ।
एसीसी प्रिमियर कपको समूह बीमा अप्रत्यासित नतिजा देखिएका छन्। कतारले मलेसियालाई हराएको छ भने साउदी अरेबियाले हङकङविरुद्ध सहज जित हात पारेको छ।