Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट पूर्वसभासद मानपुर चौधरीको निधन

कोरोना संक्रमणबाट पूर्वसभासद मानपुर चौधरीको निधन

  • मंगलवार, कार्तिक ११ २०७७

  • 1.2K
    SHARES

  • कोरोना संक्रमणबाट पूर्वसभासद मानपुर चौधरीको निधन

    संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन भएको पुष्टि भएको छ । सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।

    ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोज तेस्रो साता उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताउनुुभयो । घरमा नै नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाइ उपचार गर्दा समेत सास फेर्न गाह्रो भएपछि गत असोज २ गते राति थप उपचारका लागि उहाँलाई बीपी प्रतिष्ठान लगिएको थियो ।

    प्रतिष्ठानको आइसोलेसनमा उपचारकै क्रममा उहाँको आज मृत्यु भएको नगर प्रमुख वसन्तकुमार मिश्रले बताउनुुभयो । चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित हुुनुुभएको थियो ।


    मंगलवार, कार्तिक ११ २०७७०४:५६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij