Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

  • बिहिवार, बैशाख १३ २०८१

  • 1.5K
    SHARES

  • उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति
    काठमाडौं । उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिनुभएको छ। यही वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । सोही निर्वाचनमा सेना परिचालनका लागि सरकारको सिफारिसका आधारमा आज राष्ट्रपति पौडेलले स्वीकृति दिनुभएको हो । 
     
    उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को  निर्णय र प्रधानमन्त्री पुष्पकमल दाहालको पत्रको आधारमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । 
     
    ‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्वत् २०८१ साल वैशाख १५ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को मिति २०८१/१/१० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को २०८१/१/१० को निर्णय तथा प्रधानमन्त्रीको २०८१/१/१० को पत्रको आधारमा उल्लेखित कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ,’ प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
     
    press-note-president-1714032961.jpg


    बिहिवार, बैशाख १३ २०८१०२:२५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij