Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डिजेल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँले घट्यो

डिजेल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँले घट्यो

  • बुधवार, बैशाख १९ २०८१

  • 1.2K
    SHARES

  • डिजेल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँले घट्यो

    काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँ घटाएको छ । हवाई इन्धनको भने आन्तरिकतर्फ प्रतिलिटर एक र अन्तरराष्ट्रियतर्फ ७ अमेरिकी डलर बढाएको छ ।

    मंगलबार बसेको निगम सञ्चालक समिति बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य गएराति १ बजेदेखि लागू भएको छ ।

    इण्डियन आयल कर्पोरेशनले हिजो पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ०.२ र २.४५ ले घटाएर तथा हवाई इन्धनको मूल्य प्रतिलिटर १.१८ रुपैयाँले बढाएर पठाएकाले इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    निगमले पेट्रोल र एलपीजी ग्यासको भाउ भने यथावत्‌ राखेको छ ।

     


    बुधवार, बैशाख १९ २०८१०५:२०:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij