काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८२४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ८४३ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो ।
योससँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । उनीहरुमध्ये १ लाख २१ हजार ८२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९८१ जना संक्रमणमुक्त भएका छन ।