Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अब कांग्रेस एमाले मिलेर देशलाई स्थिरता दिनुपर्छ : डा. सुन्दरमणि दीक्षित

अब कांग्रेस एमाले मिलेर देशलाई स्थिरता दिनुपर्छ : डा. सुन्दरमणि दीक्षित

कांग्रेस सच्चिए अहिले गुमेको शक्ति फर्किने आङ्कलन
  • बुधवार, बैशाख १९ २०८१

  • 1.7K
    SHARES

  • अब कांग्रेस एमाले मिलेर देशलाई स्थिरता दिनुपर्छ : डा. सुन्दरमणि दीक्षित
    काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दर मणि दीक्षितले उपनिर्वाचनले सही परिणाम दिएको बताउनुभएको छ । स्व. सुवासचन्द्र नेम्वाङ नेपालकै राम्रो काम गरेको व्यक्ति भएकाले पनि उहाँका छोरा सुहाङले जित्नु  इलाम र देशकै लागी पनि राम्रो रहेको बताउनुभयो ।
     
    उहाँले यो परिणामले कांग्रेसलाई भने गतिलो झापड दिएको जिकिर गर्नुभयो । अघिल्लो निर्वाचनमा थोरै मतान्तर रहेपनि यो पटक मतान्तर पनि धेरै रहेकाले कांग्रेसको नेतृत्वमाथि नै प्रश्न उठ्ने बताउनुभयो । कांग्रेसले उम्मेदवार छान्नै समय लगाएको स्मरण गर्दै उहाँले यसैलाई हारको कारण भएको उल्लेख गर्नुभयो । उहाँले यही नेतृत्वमा कांग्रेस आगामी चुनावमा गयो भने पत्तासाप हुने ठोकुवा गर्नुभयो ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले एमाले जनताको ग्रासरुटमा गएर भिजेको बताउँदै कांग्रेस गठबन्धनमा लागेकाले सांगठनिक रुपमा कमजोर भएको बताउनुभयो । उहाँले यो उपनिर्वाचनले जो जनतामा गएर भिज्छ उसले जित्ने र जो गठबन्धनमा लागेर सत्ता लिप्सामा लाग्छ त्यो हार्छ भन्ने सन्देश दिएको उल्लेख गर्नुभयो । साथै उहाँले अब एमाले माओवादी र प्रचण्डको पुच्छर बनेर हिँड्न नहुने बताउनुभयो । यस्तै उहाँले अहिलेको परिस्थितिमा कांग्रेस र एमाले मिलेर देशलाई स्थिरता दिनुपर्ने औँल्याउनुभयो ।
     
    फरक प्रसंगमा उहाँले रास्वपाका सभापति रवि लामिछाने सहकारी प्रकरणमा दोषी रहेको जिकिर गर्नुभयो । जीवी राई र रवि लामिछाने मात्र सेयर सदस्य रहेको संस्थाले जनताको यति ठुलो रकम घोटाला गर्दा म निर्दोष छुँ भनेर उम्किन नपाउने दाबी गर्नुभयो । यदि निर्दोष हो भने आफूलाई प्रमाणित गर्नुपर्ने बताउनुभयो । साथै प्रधानमन्त्रीले पनि अब शुद्धीकरण गर्नुपर्ने बताउनुभयो ।
     


    बुधवार, बैशाख १९ २०८१०८:४०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij