Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार छन् : डा. बाबुराम भट्टराई

प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार छन् : डा. बाबुराम भट्टराई

  • बुधवार, बैशाख १९ २०८१

  • 1.1K
    SHARES

  • प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार छन् : डा. बाबुराम भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाउनुभएको छ ।

    १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंको शान्तिवाटिकामा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

    ‘योजना, विचार, सिद्धान्त केही चाहिंदैन । कहिले कांग्रेस, कहिले एमालेसँग मिल्यो सत्ता चलायो,’ भट्टराईले भन्नुभयो, ‘सत्ताका लागि मरिहत्ते गरेर उहाँले जे पनि गरिरहनु भएको छ ।’

    माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान सुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि प्रधानमन्त्री दाहालको सत्तामोहका कारण अघि बढाउन नसकिएको जिकिर गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘उहाँ सत्ताका लागि जे गर्न पनि तयार हुने व्यक्ति भएको मलाई पहिल्यै थाहा थियो । तर पनि माओवादी आन्दोलनमा लागेका साथीहरूलाई समेटेर नयाँ ढंगले अघि बढ्ने योजना थियो । प्रचण्डकै कारण सफल हुन सकेन ।’


    बुधवार, बैशाख १९ २०८१०२:२७:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij