Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश

राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश

  • बिहिवार, बैशाख २० २०८१

  • 772
    SHARES

  • राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन पेश गरेको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेश गर्नुभएको हो ।

    वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि र बझाङ प्रदेशसभा ‘क’ मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन भएको थियो ।

    राष्ट्रपति पौडेलले सो प्रतिवेदन बुझ्दै नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुनले निर्वाचन आयोगलाई दिएको जिम्मेवारी निर्वाह गर्ने क्रममा आयोगले खेलेको भूमिकाप्रति आफू खुसी भएको भन्दै धन्यवाद दिनुभएको थियो ।


    बिहिवार, बैशाख २० २०८१०२:२१:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij