काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ ८५ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्री दर ८८. रुपैयाँ ३ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६९ पैसा कायम भएको छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।