Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाबुरामलाई जिल्ल बनाएका उपेन्द्रलाई अशोकको सरप्राईज

बाबुरामलाई जिल्ल बनाएका उपेन्द्रलाई अशोकको सरप्राईज

  • मंगलवार, बैशाख २५ २०८१

  • 1.7K
    SHARES

  • बाबुरामलाई जिल्ल बनाएका उपेन्द्रलाई अशोकको सरप्राईज

    काठमाडौं । अमेरिका भ्रमणमा हुँदै पार्टी विभाजन भएपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव फर्केपछि नेताहरूसँग आन्तरिक छलफलमा जुट्नुभएको छ ।

    उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर फर्किएपछि आन्तरिक छलफलमा जुट्नुभएको हो ।

    अहिले आफूहरू पार्टीको आन्तरिक छलफलमा रहेको सांसद प्रकाश अधिकारीले बताउनुभयो । अशोक राईको नेतृत्वमा ७ सांसद र ३० केन्द्रीय सदस्यले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिए लगत्तै मान्यता दिएपछि अध्यक्ष यादव असन्तुष्ट छन् ।

    उनीहरूले आफ्नो पार्टी फुटेको नभई फुटाइएको जिकिर गर्दै आइरहेका छन् । उहाँले पार्टी विभाजनको विषयमा आफूहरूले अध्ययन गरिरहेको बताउनुभयो । १२ सांसद रहेको जसपामा ७ सांसदले साथ छाडेपछि उपेन्द्रसँग अहिले ५ जना मात्रै छन् ।

    तर, नेकपा एसका अध्यक्ष माधव नेपाल र उपेन्द्र यादवले कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास गरेकाले पार्टी विभाजन गर्न परेको विद्रोह गरेको सांसदहरूले बताउँदै आएका छन् ।


    मंगलवार, बैशाख २५ २०८१०२:०२:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij