Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विरक्तिएका उपेन्द्रले सरकार नछोड्ने, समर्थन यथावत

विरक्तिएका उपेन्द्रले सरकार नछोड्ने, समर्थन यथावत

  • मंगलवार, बैशाख २५ २०८१

  • 1.9K
    SHARES

  • विरक्तिएका उपेन्द्रले सरकार नछोड्ने, समर्थन यथावत

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन फिर्ता नलिने भएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डसँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताउनुभएको छ ।

    आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री प्रचण्डसँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताउनुभयो । सरकारबाट समर्थन फिर्ता लिने नलिने कुरा गर्ने बेला नै होइन भन्दै उहाँले त्यस विषयमा कुराकानी नभएको बताउनुभयो ।

    पार्टीमा भएको घटनाको विषयमा पार्टीमा छलफल गर्न बाँकी रहेको बताउँदै उहाँले पार्टीको बैठकबाट छलफल गरी अगाडि बढ्ने बताउनुभयो । जसपाका प्रवक्ता मनिष सुमनले पनि सरकारलाई दिएको समर्थन कायम रहने नरहने विषयमा पार्टीले छलफल गरेर टुगों लगाउने बताउनुभयो ।


    मंगलवार, बैशाख २५ २०८१०२:११:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij