Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोशीमा बजेट अधिवेशन आह्वानका लागि दोस्रो पटक प्रदेश प्रमुखलाई सिफारिस

कोशीमा बजेट अधिवेशन आह्वानका लागि दोस्रो पटक प्रदेश प्रमुखलाई सिफारिस

  • बुधवार, बैशाख २६ २०८१

  • 551
    SHARES

  • कोशीमा बजेट अधिवेशन आह्वानका लागि दोस्रो पटक प्रदेश प्रमुखलाई सिफारिस
    काठमाडौं । आगामी जेठ ११ गते कोशी प्रदेशको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष प्रदेश सरकारले सिफारिस गरेको छ ।
     
    नयाँ सरकार गठनको तयारी भइरहेको बेला केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले आगामी जेठ ११ गते कोशी प्रदेश सभाको बजेट अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गरेको हो ।
     
    बुधबार(आज) विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले ०८१ जेठ ११ गते प्रदेश सभाको बजेट अधिवेशनका लागि सिफारिस गरेको हो ।
     
    प्रदेश सरकारका मन्त्रीहरूले प्रदेश प्रमुख परशुराम खापुङलाई अधिवेशन आव्हानका लागि पत्र हस्तान्तरण गर्नुभयो।
     
    कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता शमशेर राईले गत चैत २६ गते पनि अधिवेशनका लागि सिफारिस गरिएको बताउनुभयो । उहाँले दोस्रो पटक बजेट अधिवेशनका लागि सिफारिस गरिएको बताउनुभयो ।
    koshi11_EWNgnuamCc.webp


    बुधवार, बैशाख २६ २०८१०२:३१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij