कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्युु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालीका ८ का ५५ वर्षीय पुरुष रहेका छन् ।
गत कात्तिक १ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएका उनको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताउनुुभयो । यसैबिच, सिरहामा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार सुखीपुर नगरपालिका–८ का ७० वर्षीय वृद्धको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा हिजो मृत्यु भएको हो ।
यस्तै कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका पत्रकार कृष्णप्रसाद चौलागाइको निधन भएको छ । काभ्रेबाट प्रकाशित हुदै आएको काभ्रेपोष्टका संस्थापक तथा प्रधान सम्पादक चौलागाइको गएराती निधन भएको हो । काठमाडौस्थीत ओम अस्पतालमा उपचार गराइरहनु भएका चौलागाइलाई कोरोना उपचारपछि नेगेटिभ देखिइसकेको भएपनि निधन भएको हो ।निमोनियाका विरामी समेत रहेका ५१ बर्षीय चौलागाइको कलेजो र फोक्सोमा समस्या भएपछि निधन भएको चिकित्सकहरुले जानकारी दिएका छन् ।
यस्तै कोरोना संक्तमणको कारण चितवनमा थप दुई जनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत चितवनका एक र रुपन्देहीका एक पुरुषको मृत्यु भएको हो। चितवनको रत्ननगरपालिका ९ का ८८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो। भने रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ का ८४ वर्षीय पुरुषको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।