Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

उपेन्द्र यादवले सरकार छोड्दै

उपेन्द्र यादवले सरकार छोड्दै

  • आइतवार, बैशाख ३० २०८१

  • 1.4K
    SHARES

  • उपेन्द्र यादवले सरकार छोड्दै

    काठमाडौं । जसपा नेपाल अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार छाड्ने र समर्थन फिर्ता लिने तयारी गर्नुभएको छ। आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि यादव सरकार छाड्ने मनस्थितिमा पुग्नुभएको हो ।

    अघिल्लो साता जसपा नेपाल विभाजनसँगै अशोक राई पक्ष समेत प्रचण्ड सरकारमै छ । आइतबार विहान यादवले प्रधानमन्त्रीसँगको भेटमा सरकार छाड्ने चेतावनी दिनुभएको थियो ।

    यादवले सोमबार राजधानीमा बस्नेगरी पार्टीको कार्यकारिणी बैठक डाक्नुभएको छ । एक नेताका अनुसार अहिले पार्टी कार्यकारिणी सदस्यहरु काठमाडौैं आउने क्रम जारी छ ।

    पुनगठित प्रचण्ड सरकारमा यादव स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने गरी उपप्रधानमन्त्री हुनुहुन्थ्यो ।


    आइतवार, बैशाख ३० २०८१०५:५३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij