Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उपेन्द्रलाई सरकारबाट गलत्याउने तयारी थियो : माधव नेपाल

उपेन्द्रलाई सरकारबाट गलत्याउने तयारी थियो : माधव नेपाल

  • मंगलवार, जेठ १ २०८१

  • 1.1K
    SHARES

  • उपेन्द्रलाई सरकारबाट गलत्याउने तयारी थियो : माधव नेपाल

    काठमाडौं । सत्तारुढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट गलहत्त्याएर निकालेको आरोप लगाउनुभएको छ । मंगलबार ललितपुरस्थित बालकुमारीमा केन्द्रीय समितिको उद्घाटन समारोहमा बोल्दै उहाँले जसपा नेपाल विभाजन नभई विभाजित गरिएको आरोप लगाउनुभयो ।

    नेपालले तत्कालीन प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध उभिएको जसपालाई निर्वाचन आयोगले समेत मान्यता दिएकोमा असन्तुष्टि पोख्नुभयो ।

    विभाजन वैधानिक थियो कि थिएन भन्ने कुरा अदालतले नै टुङ्गो लगाउने उहाँको भनाइ छ । गएको फागुन २१ गते फेरिएको एमाले सहितको नयाँ गठबन्धनमा जसपाले साथ दिएको थियो । सरकारका निवर्तमान उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री रहेका यादव अमेरिका र कतार भ्रमण रहेकै बेला विभाजन भएको थियो । विभाजनपछि यादवले सोमबार प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउनुभएको थियो ।


    मंगलवार, जेठ १ २०८१०२:४९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij