Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार गर्ने तयारी

कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार गर्ने तयारी

  • बिहिवार, जेठ ३ २०८१

  • 738
    SHARES

  • कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार गर्ने तयारी

    काठमाडौं । कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार गर्ने तयारी भएको छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

    आज एमालेबाट ३ जना र माओवादीबाट २ जना मन्त्री बनाउने तयारी भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । यसअघि मुख्यमन्त्री कार्कीले सोही दिन एमालेबाट रामबहादुर मगर र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका थिए ।

    तर, उनीहरुले अहिलेसम्म विभागीय जिम्मेवारी पाएका छैनन् । मन्त्रिमण्डलमा गठबन्धनका दुई दलबीच भागबण्डा टुंगिसकेको स्रोतले जनाएको छ ।

    अहिलेसम्म माओवादीले ३ वटा मन्त्रालय पाउने सहमति भएको छ । एमालेबाट झापाका एकराज कार्की मोरङगा लिलाबल्लभ अधिकारी र खोटाङगका पीके राई मन्त्री नियुक्त हुनेछन ।

    यस्तै माओवादीबाट नारायण बुर्जा मगर र राजेन्द्र कार्की मन्त्री नियुक्त हुने सम्भावना छ । मन्त्रालय बाडफाडका बिषयमा भने अझै टुङ्गो लागि सकेको छैन ।


    बिहिवार, जेठ ३ २०८१०१:३६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij