काठमाडौं । पछिल्लो २४ घन्टाभित्र देशभर थप १६ जना कोरोना संक्रमितको मृत्युु भएको छ । योसमेत शुक्रबारसम्म संक्रमणबाट मृत्युु हुनेको संख्या नौ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट नेपालमा मृत्यु हुने दर ०.६ प्रतिशत छ ।
देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा आज ३५ सय १७ जना कोरोनाका नयाँ संक्रमित थपिए भने चार हजार ९६ जना निको भएका छन् ।हाल सक्रिय संक्रमितको संख्या ३८ हजार तीन सय ५७ जना रहेको मन्त्रालयले जनाएको छ ।