Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक, साढे ४ बजे बस्ने

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक, साढे ४ बजे बस्ने

  • आइतवार, जेठ ६ २०८१

  • 687
    SHARES

  • फेरि सर्‍यो प्रतिनिधिसभा बैठक, साढे ४ बजे बस्ने
    काठमाडौं ।  प्रतिनिधिसभा बैठक फेरि सरेको छ। बैठक आजै अपराह्न ४ः३० बजेलाई सारिएको संघीय सचिवालयले जनाएको छ। यसअघि  बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेलाई सारिएको थियो।
     
    संसदीय छानबिन समितिको कार्यादेशमा टुंगो लगाउन सत्ता पक्ष र प्रतिपक्ष आन्तरिक छलफलमा जुटेपछि बैठक सारिएको हो।
     
    सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनमा सत्ता पक्ष र  प्रतिपक्षबीच सहमति भएको छ। तर ,समितिको कार्यादेशमा सहमति जुट्न सकेको छैन।
     
    कार्यादेशमा सहमति जुटाउन कार्यदलको बैठक जारी छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्यादेशमा सहमति नजुटेसम्म सदनको कामकारबाही अगाडि नबढाउन सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेको छ।
     
    कांग्रेसले लामो समयदेखि संसदीय छानबिन समितिको माग गर्दै संसद्मा अवरोध जनाउँदै  आएको छ।
    440983469_350054351050559_7668667379091299658_n.jpg


    आइतवार, जेठ ६ २०८१०४:२५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij