काठमाडौं । सरकारले राजनीति दलसम्बन्धी विधेयक फिर्ता लिएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विधेयक फिर्ता लिनुभएको छ ।
नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीका बीच उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले बैठकमा पेश गरेको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्न गृहमन्त्री लामिछानेको नाम संसदीय छानबिन समितिको कार्यादेशमा किटान गर्नुपर्ने अडान राख्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ।
प्रतिनिधि सभाको अर्को बैठक जेठ ११ गते शुक्रवार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।