Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट मोरङमा थप ६ जनाको मृत्यु

कोरोना संक्रमणबाट मोरङमा थप ६ जनाको मृत्यु

  • शनिवार, कार्तिक १५ २०७७

  • 1.5K
    SHARES

  • कोरोना संक्रमणबाट मोरङमा थप ६ जनाको मृत्यु

    कोरोना संक्रमणका कारण मोरङमा थप ६ जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा ४, विराट मेडिकल कलेज बुढीगंगामा एक र म्याक्स अस्पताल विराटनगरमा एकजनाको मृत्यु भएको हो ।

    नोवेल मेडिकल कलेजमा उर्लाबारी की ६६ वर्षीया महिला र सुनसरी ईटहरीका ४२ वर्षीय पुरूष, झापा विर्तामोडका ७५ वर्षीय पुरुष, सुन्दरहरैचा नगरपालिका १० की ६९ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।

    सुनसरी इटहरीका ४३ वर्षीय पुरुषको नोबेल मेडिकल कलेज अगाडी एम्बुलेन्समै मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि आएका पुरुषको शुक्रबार अस्पतालमा भर्ना गर्नु अघि नै मृत्यु भएको दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य ३ जनको शनिबार विहान मृत्यु भएको हो ।

    विराट मेडिकल कलेजमा विराटनगर ३ का ६५ बर्षीय पुरूषको शनिबार विहान मृत्यु भएको छ । उनी कार्तिक ६ गते भर्ना भएको आईसोलेसन इन्चार्ज सुनिल देवले बताउनुभयो ।

    म्याक्स हस्पिटल विराटनगरमा शनिबार विहान उदयपुरककी महिलाको मृत्युु भएको छ। शुक्रबार साँझ अस्पताल भर्ना भएकी ४२ बर्षीया महिलाको शनिबार विहान मृत्युु भएको म्याक्स हस्पिटलका म्यानेजर हेमनारायण मेहताले जानकारी दिनुभएको छ।


    शनिवार, कार्तिक १५ २०७७०२:३१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij