Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नेपालमा थप २५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि

  • शनिवार, कार्तिक १५ २०७७

  • 1.8K
    SHARES

  • नेपालमा थप २५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २५ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसअनुसार १५ सय ३२ जना पुरुष र ९ सय ७६ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।

    काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार (हिजो) काठमाडौंमा उपत्यकामा १८८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३१ हजार २२२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ ।

     


    शनिवार, कार्तिक १५ २०७७०४:३४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij