Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बुन्डेसलिगामा आज पाँच खेल हुँदै

बुन्डेसलिगामा आज पाँच खेल हुँदै

  • शनिवार, कार्तिक १५ २०७७

  • 1.0K
    SHARES

  • बुन्डेसलिगामा आज पाँच खेल हुँदै

    एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा आज (शनिबार) विभिन्न पाँच खेलहरु हुँदैछ । बुन्डेसलिगामा शनिबार साविक विजेता बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, आरबी लाइपजिग लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

    बायर्नले आफ्नो छैटौं लिग खेलमा एफसी कोल्नसँग खेल्नेछ । बायर्नले उसैको मैदानमा कोल्नसँग खेल्नेछ । कोल्नविरुद्ध मैदान उत्रदा बायर्न सहज जितको खोजीमा हुनेछ । बायर्न कोल्नलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । 

    बायर्न ५ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । २ अंक जोडेको कोल्न १८ औं स्थानमा रहेको छ । यस्तै शीर्ष स्थानको लाइपजिगले बोरुसिया मुन्छेनग्लाडबाखसँग खेल्नेछ ।

    लाइपजित १३ अंक जोडेर शीर्ष स्थानमा रहदा मुन्छेनग्लाडबाख ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । डर्टमण्डले अर्मिनियासँग उसैको मैदानमा खेल्नेछ । डर्टमण्ड ५ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

    अर्को खेलमा माइन्ज र आउग्सबर्गबीच प्रतिस्पर्धा हुँदा आइनट्राख्ट फ्रान्कफुर्टले भेरडाआ ब्रेमेनसँग खेल्ने छ ।

     


    शनिवार, कार्तिक १५ २०७७०५:१४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij