काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २२ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७६ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ७३ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २० पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ३३ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।