Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राप्रपाले संसदमा अर्थमन्त्री खोजेपछि बैठक स्थगित

राप्रपाले संसदमा अर्थमन्त्री खोजेपछि बैठक स्थगित

  • मंगलवार, जेठ २२ २०८१

  • 862
    SHARES

  • राप्रपाले संसदमा अर्थमन्त्री खोजेपछि बैठक स्थगित

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुन खोज्नुभएको छ । अर्थमन्त्री पुनलाई नदेखेको भन्दै उहाँले बोल्न मान्नुभएन ।

    उपभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रियसभामा गएको जवाफ दिएपनि आफ्नो कुरा कसलाई सुनाउने ? भन्दै प्रतिप्रश्न गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘सत्तापक्षले त छलफल गरेरै ल्याएको होला । हामीले त सुनाउने यहीँ हो । त्यसैले उहाँ आएपनि मात्रै मेरो कुरा राख्छु ।’

    खानेपानीमन्त्री सदनमै उपस्थित रहेको भन्दै उपसभामुखले आफ्नो कुरा राख्न लिङ्देनलाई अनुरोध गर्दा उहाँले मान्नुभएन ।

    उहाँले भन्नुभयो, ‘अर्थमन्त्री नै चाहिन्छ नि ! खानेपानीमन्त्रीले म सक्छु भन्नुभयो भने ठीक छ । अर्थमन्त्री आएपछि सुरू गरौं अहिलेलाई ब्रेक गरौं ।’


    मंगलवार, जेठ २२ २०८१०२:१५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij