काठमाडौं । सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पार्टी फुटतर्फउन्मुख भएको बताउनुभएको छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो मतभेद सतहमा आएकै बेला महासचिव पौडेलले नेकपाको एकिकृत अस्तित्व गम्भीर संकटमा परेको बताउनुभएको हो ।
केहीदिन अघि दुवै अध्यक्षको सहमतिमा अर्थमन्त्रीको समेत जिम्मेवारी पाएका महासचिव पौडेलले आज दिउँसो ट्वीटमार्फत एकताका लागि योगदन गर्नसमेत सबैसँग आग्रह गरेका छन् ।
दुई अध्यक्ष ओली र दाहालबीच ११ दिनपछि हिजो भेट भए पनि पार्टी सचिवालय बैठक बोलाउने विषयमा सहमति जुटन सकेको थिएन । योसँगै उनीहरुबीचको विवाद थप बढेको आंशका भइरहँदा महासचिव पौडेलले पार्टी एकतामा संकट आएको बताएका हुन् ।