Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य मन्त्रालयले दियो सरकारी अस्पतालहरुलाई यस्तो निर्देशन

स्वास्थ्य मन्त्रालयले दियो सरकारी अस्पतालहरुलाई यस्तो निर्देशन

  • आइतवार, कार्तिक १६ २०७७

  • 1.0K
    SHARES

  • स्वास्थ्य मन्त्रालयले दियो सरकारी अस्पतालहरुलाई यस्तो निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई धरौटी रकम नलिइ कोरोना संक्रमितको उपचार गर्न निर्देशन दिएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी माग्ने सबै अस्पताललाई स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो ।

    उहाँले सक्नेसँग शुल्क लिने र नसक्नेसँग निःशुल्क उपचार गर्ने मन्त्रालयको निर्णय यथावत् रहेको पनि बताउनुभयो ।

    सरकारले कोरोना संक्रमितको सःशुल्क उपचार गर्ने निर्णय गरेसँगै विभिन्न अस्पतालहरूले बिरामीहरूको उपचार गर्नुपूर्व धरौटी रकम जम्मा गर्न सूचना निकालेका छन् ।

    यसैबीच, कोरोनाका कारण मृत्यु भएका व्यक्तिको संख्या फरक परेको भन्दै सत्यतथ्य पत्ता लगाउन स्वास्थ्य मनत्रालयले तीन सदस्यीय समिति गठन गरेको छ ।

    मृतकको संख्या फरक पर्न गएकोबारे सत्यतथ्य पत्ता लगाउन तीन सदस्य समिति बनाएको र समितिले काम थालिसकेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

    उक्त समितिमा स्वास्थ्य मन्त्रालयका सहसचिव, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख तथा सिसिएमसीका एक चिकित्सक सदस्य रहेका छन् ।


    आइतवार, कार्तिक १६ २०७७०५:२३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij