Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सिके राउतलाई उपप्रधानमन्त्रसहित सरकारमा सहभागी हुन प्रचण्ड र ओलीको आग्रह

सिके राउतलाई उपप्रधानमन्त्रसहित सरकारमा सहभागी हुन प्रचण्ड र ओलीको आग्रह

  • सोमवार, आषाढ ३ २०८१

  • 3.0K
    SHARES

  • सिके राउतलाई उपप्रधानमन्त्रसहित सरकारमा सहभागी हुन प्रचण्ड र ओलीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ ।

    प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

    उपप्रधानसहित कुनै मन्त्रालय लिएर सरकारमा सहभागी हुन राउतलाई प्रस्ताव गरिएको छ । जनमत पार्टीकी सांसद अनिता साहले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरिएको तर अहिलेसम्म पार्टीले कुनै निर्णय नगरेको बताउनुभयो ।

    ‘सत्ता गठबन्धनका शीर्ष नेताबाटै डा’सापलाई नै सरकारमा सहभागी हुन प्रस्ताव आएको छ, हाम्रो तर्फबाट अहिलेसम्म कुनै निर्णय भएको छैन’ केन्द्रीय सदस्यसमेत रहेकी पूर्वमन्त्री साहले भन्नुभयो । प्रचण्ड सरकारमा यसअघि जनमत पार्टीको तर्फबाट अब्दुल खान र अनिता साह सहभागी भएका थिए ।

    नागरिक उन्मुक्ति पार्टीलाई समेत समेटेर प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेका छन् ।


    सोमवार, आषाढ ३ २०८१०६:४४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij