Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

संसद् भवनमा खटिएका सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

संसद् भवनमा खटिएका सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या

  • बुधवार, आषाढ ५ २०८१

  • 2.2K
    SHARES

  • संसद् भवनमा खटिएका सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या
    काठमाडौं । संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो ।
     
    दोलखा मेलुङ गाउँपालिका–४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
     
    ‘गोलेले बुधबार बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको ईन्सास राइफलद्वारा निधारमा फायर गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको छ,’ प्रहरीले बताएको छ ।
     
    उनी प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका थिए ।  प्रारम्भिक अनुसन्धानमा उनी पारिवारिक समस्या रहेको पाइएको प्रहरीको भनाई छ ।


    बुधवार, आषाढ ५ २०८११०:१९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij