Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री लामिछानेसँग नैतिकता छ की छैन ?

गृहमन्त्री लामिछानेसँग नैतिकता छ की छैन ?

  • बिहिवार, आषाढ ६ २०८१

  • 1.4K
    SHARES

  • गृहमन्त्री लामिछानेसँग नैतिकता छ की छैन ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेमाथि नैतिकताको प्रश्न उठाउनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल महिला संघद्वारा आयोजित कार्यक्रममा शर्माले लामिछानेमा नैतिकताको खडेरी देखिएको टिप्पणी गर्नुभयो ।

    सहकारी ठगी प्रकरणमा संसदीय विशेष छानबिन समिति बन्दा पनि गृहमन्त्री लामिछानेले राजीनामा नदिएको भन्दै महामन्त्री शर्माले प्रश्न उठाउनुभयो । ‘

    गृहमन्त्री लामिछानेमा नैतिकताको खडेरी देखिएपनि कांग्रेसले राजीनामा नमागेको उहाँको भनाइ थियो । यस्तै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शब्दकोशमा नैतिकता छ कि छैन भन्दै प्रश्न गर्नुभयो । ‘हामी जान्दछौँ नयाँ दलको डिसनेरी (शब्दकोश)मा प्रश्न र आवेग छ केही गरौँला भन्ने ऊर्जा पनि छ । तर, आवेग र आक्रोश भएजस्तै नैतिकता छ कि छैन ? हामी सोध्न चाहँदैनौँ ,’ महामन्त्री शर्माले भन्नुभयो ।


    बिहिवार, आषाढ ६ २०८१०५:२७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij