Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जीबीको लोकेसन पत्ता लाग्यो भनेर गृहमन्त्रीले के भन्न खोज्या हो ?

जीबीको लोकेसन पत्ता लाग्यो भनेर गृहमन्त्रीले के भन्न खोज्या हो ?

  • आइतवार, आषाढ ९ २०८१

  • 747
    SHARES

  • जीबीको लोकेसन पत्ता लाग्यो भनेर गृहमन्त्रीले के भन्न खोज्या हो ?

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईको लोकेसन पत्ता लागेर पनि पक्राउ किन गरिएन भनी गृहमन्त्रीलाई प्रश्न गर्नुभएको छ ।

    प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा शर्माले गृहमन्त्री रवि लामिछानेले लोकेसन पत्ता लागेको कुरा सार्वजनिक गर्नु अभियुक्त पक्रिने नयाँ शैली वा केटाकेटीपन के हो भनी प्रश्न गर्नुभयो । भगाउने नियतका साथ गृहमन्त्रीको अभिव्यक्ति आएको हो कि भनेर उहाँले आशंकासमेत जनाउनुभयो ।

    शर्माले भन्नुभयो, ‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ । त्यसैले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने यो नयाँ शैली हो ? केटाकेटीपन हो ? या भगाउने नियत हो ? देशलाई जीबीको लोकेसन चाहिएको होइन, जीबी राई चाहिएको हो ।’

    मलेसियाबाट कसैलाई पक्रिएर नेपाल ल्याउन दुई देशका बीचमा सुपूर्दगी सन्धि नचाहिने शर्माको भनाइ थियो ।


    आइतवार, आषाढ ९ २०८१०१:२२:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij