Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पर्सा र धरानमा २ जना संक्रमितको मृत्यु

पर्सा र धरानमा २ जना संक्रमितको मृत्यु

  • मंगलवार, कार्तिक १८ २०७७

  • 944
    SHARES

  • पर्सा र धरानमा २ जना संक्रमितको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणवाट थप २ जनाको मृत्युु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ ।

    सप्तरीको महादेवा–६ घर भई हाल धरान– १८ मा बस्दै आएका ३० वर्षीय युवकको हिजो साँझ मृत्यु भएको हो । प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार पीसीआर परीक्षण गराउँदा सोमबार नै मृतकको रिपोर्ट पोजेटिभ आएको थियो ।

    कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । तर थप उपचारका लागि कोभिड अस्पताल भर्ना गर्न नपाउँदै संक्रमितको मृत्यु भएको डा. श्रेष्ठले बताउनुु भएको छ ।

    यसैबिच, पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

    उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई वीरगन्जस्थित नारायणी अस्पतालमा हिजो दिउँसो भर्ना गरिएको थियो ।

    उपचारकै क्रममा उनको हिजो साँझ मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिनुुभएको छ । योसँगै पर्सामा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

     


    मंगलवार, कार्तिक १८ २०७७०९:२१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij