Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

हुन्डी कारोबारमा संलग्न तीनजना एक करोड रुपैयाँसहित समातिए

हुन्डी कारोबारमा संलग्न तीनजना एक करोड रुपैयाँसहित समातिए

  • मंगलवार, कार्तिक १८ २०७७

  • 1.7K
    SHARES

  • हुन्डी कारोबारमा संलग्न तीनजना एक करोड रुपैयाँसहित समातिए

    काठमाडौं । प्रहरीले हुन्डी कारोबारमा प्रयोग गरिएको करिब एक करोड रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंको ओमबहालबाट झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई सोमबार बेलुका पक्राउ गरेको हो ।

    मित्तलद्वय दाजुभाइ हुन् । उनीहरुको ओमबहालमा मोबाइलका विभिन्न पार्ट्सको पसल रहेको छ । पौडेलचाहिँ मित्तलका सहयोगी हुन् ।

    ब्युरोका डिआइजी शहकुल थापाले मित्तलको पसलबाट ९९ लाख ८४ हजार नेपाली रुपैयाँ आठ सय अमेरिकी डलर बरामद गरिएको जानकारी दिनुुभयो । बरामद गरिएको हुन्डीको रकम विदेश पठाउन लागिएको सिआइबीले आशंका गरेको छ ।

    १० लाख रुपैयाँभन्दा माथिको कारोबार बैंकबाट मात्रै गर्नुपर्ने प्रावधान छ । डिआइजी थापाका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

     


    मंगलवार, कार्तिक १८ २०७७१२:५०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij