Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

महानगरपालिकाको चेतावनी टेरेनन् अभियन्ताले, आज पनि खुवाइयो खुलामञ्चमा खाना

महानगरपालिकाको चेतावनी टेरेनन् अभियन्ताले, आज पनि खुवाइयो खुलामञ्चमा खाना

  • मंगलवार, कार्तिक १८ २०७७

  • 1.6K
    SHARES

  • महानगरपालिकाको चेतावनी टेरेनन् अभियन्ताले, आज पनि खुवाइयो खुलामञ्चमा खाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाको चेतावनीका बाबजुद हाम्रो टिम नेपाल नामक संस्थाले आज पनि खुलामञ्चमा निःशुल्क खाना खुवाएको छ ।

    कोरोना संक्रमणबाट जोगिन भन्दै सरकारले ७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई हाम्रो टिम नेपालले बिहान र हन्ड्रेड ग्रुपले साँझको खाना निःशुल्क खुवाउँदै आएका छन् ।

    खुलामञ्चमा खाना खुवाउँदा अशोभनीय देखिएको भन्दै महानगरपालिकाले निःशुल्क खाना खुवाउने काम बन्द गर्न चेतावनी दिएको छ ।

    तर, रोजगारी गुमाएर हातमुख जोर्न समस्या भएकाहरुलाई सरकारले विकल्प नदिएसम्म आफूहरुको काम जारी रहने हाम्रो टिम नेपालका संयोजक विमल पन्तले बताउनुभयो । आज बिहान करिब तीन सय जनालाई निःशुल्क खाना खुवाएको उहाँले जानकारी दिनुभयो ।

     


    मंगलवार, कार्तिक १८ २०७७०३:२८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij