Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा बहस सकियो, फैसला सुनाउने तयारी

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा बहस सकियो, फैसला सुनाउने तयारी

  • बिहिवार, आषाढ २० २०८१

  • 1.7K
    SHARES

  • गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा बहस सकियो, फैसला सुनाउने तयारी
    काठमाडौं । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दा हेर्दै रहेको मुद्दाको बहस आज सकिएको हो । 
     
    उक्त मुद्दाको फैसला आजै सुनाउने सर्वोच्चको तयारी छ । यसअघि मङ्गलवार नै इजलासले फैसला सुनाउन चाहेको थियो । तर दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि हेर्दा हेर्दैमा राखिएको थियो ।  
     
    रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस बाँकी रहेपछि इजलासले हेर्दा हेर्दै राखिएको थियो । यसैगरी बुधबारलाई पेशी तोकिए पनि संवैधानिक इजलासको मुद्दा हेर्दा हेर्दै भएकाले हिजो स्थगित गरिएको थियो । 
     
    अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उहाँको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए ।
     
    रिटमा केही समय अघि महान्यायाधिवक्ता क्लिन चिटको अर्थ लाग्ने गरी कतै पनि अभियोग र अनुसन्धान नभएको भनी दिएको पत्र पनि बदर गर्न माग गरिएको छ ।  उक्त रिटमा असार ७ गते देखि अन्तिम सुनुवाइ सुरु भएको थियो । 
     


    बिहिवार, आषाढ २० २०८१०२:३२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij