काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २४ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा रहेको छ।
त्यस्तै युरोपियन युरो एकको खरिद खरिद दर १४४ रुपैयाँ ४५ पैसा र बिक्री दर १४५ रुपैयाँ १० पैसा रहेको छ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ ७३ पैसा र बिक्री दर १७१ रुपैयाँ ५० पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर ९० रुपैयाँ ३७ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ६९ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ४३ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।