Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आईपीएल: मुम्बईमाथि १० विकेटको सानदार जित निकाल्दै हैदराबाद प्ले अफमा

आईपीएल: मुम्बईमाथि १० विकेटको सानदार जित निकाल्दै हैदराबाद प्ले अफमा

  • बुधवार, कार्तिक १९ २०७७

  • 1.6K
    SHARES

  • आईपीएल: मुम्बईमाथि १० विकेटको सानदार जित निकाल्दै हैदराबाद प्ले अफमा

    एजेन्सी । सनराइजर्स हैदराबाद युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

    सारजाहमा मंगलबार भएको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्समाथि १० विकेटको सानदार जित निकाल्दै हैदराबाद प्ले अफमा पुगेको हो ।

    मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । हैदराबादको जितमा डेभिड वार्नर र रिद्दिमान साहाले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय इनिङ्स खेले । वार्नरले ५८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै अविजित ८५ रन बनाए ।

    साहा ४५ बलमा ७ चौका र १ छक्कासहित ५८ रनमा अविजित रहे । वार्नर र साहाले पहिलो विकेटका लागि अविजित रहदै १ सय ५१ रनको साझेदारी गरेपछि हैदराबादले सानदार जित निकालेको हो ।

     

     


    बुधवार, कार्तिक १९ २०७७०५:१५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij