Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

च्याम्पियन्स लिगमा साविक विजेता बायर्न र लिभरपुलको सहज जित

च्याम्पियन्स लिगमा साविक विजेता बायर्न र लिभरपुलको सहज जित

  • बुधवार, कार्तिक १९ २०७७

  • 1.3K
    SHARES

  • च्याम्पियन्स लिगमा साविक विजेता बायर्न र लिभरपुलको सहज जित

    एजेन्सी । युरोपियन च्याम्पियन्स लिगमा साविक विजेता जर्मन क्लब वायर्न म्युनिखले अस्ट्रियन क्लब एफसी रेड बुल साल्जबर्गमाथि सानदार जित हात पारेको छ।

    मंगलबार राति भएको समूह ’ए’ को खेलमा बायर्नले ६–२ गोलको जित हात पारेको हो ।

    बायर्नका लागि रोबर्ट लेवान्डोस्कीले खेलको २१ मिनेटमा पेनाल्टीमार्फत र ८८ मिनेटमा गरी दुई गोल गरे ।

    यस्तै बोएटिङले ७९ मिनेट, लिरोए सानेले ८३ मिनेट र हर्नान्डेजले दोस्रो हाफको इन्जुरी टाइममा गोल थपेका थिए ।

    साल्जबर्गका क्रिस्टेनसेनले ४४ मिनेटमा आत्मघाति गोल गरेका थिए।

    त्यसअघि बेरिशाले चौथो मिनेटमा गोल गरेर साल्जबर्गलाई सुरुवाती अग्रता दिलाएका थिए ।

    समूहको अर्को खेलमा स्पेनिस क्लब एथ्लेटिको म्याड्रिड र रसियन क्लब लोकोमोटिभ मस्कोले १–१ गोलको बराबरी खेलेका छन् ।

    समूहमा बायर्न लगातार तीन खेलमा जित निकाल्दै ९ अंक जोडेर शीर्ष स्थानमा छ । एट्लेटिको चार अंकसहित दोस्रो स्थानमा छ भने मस्कोले २ अंक र साल्जबर्गले १ अंक बटुलेका छन् ।

    यसैगरी, इंग्लिस क्लब लिभरपुलले पनि सानदार जित हात पारेको छ । लिभरपुलले समूह ’डी’ को खेलमा एटलान्टालाई ५–० गोलले पराजित गरेको हो ।

    Atalanta-vs-Liverpool-Highlights-scaled.jpeg

    लिभरपुलको जितमा डियगो जोटा ह्याट्रिक गरे । उनले खेलको १६, ३३ र ५४ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए । जोटाले लिभरपुलका लागि १० खेलमा ७ गोल गरिसकेका छन् ।

    लिभरपुलका लागि थप गोल मोहम्मद सलाहले ४७ र साडियो मानेले ४९ मिनेटमा गरेका थिए ।

    यसै समूहको अर्को खेलमा अयाक्सले एफसी मिजिल्यान्डलाई २–१ ले पराजित गरेको छ।

    अंक तालिकामा लिभरपुल ९ अंकसहित शीर्ष स्थानमा छ । अयाक्स र एटलान्टाको समान ४–४ अंक छ भने मिजिल्यान्डले अंक जोड्न सकेको छैन ।

    यता समूह ’सी’ को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले ग्रिसको ओलम्पियाकोसलाई ३–० गोलले पराजित गरेको छ ।

    सिटीको जितमा फेरान टोरेसले खेलको १२ मिनेटमा पहिलो गोल गरे । ८१ मिनेटमा गाब्रियल जेससले अग्रता दोब्बर पार्दा जाओ कान्सेलोले ९० मिनेटमा तेस्रो गोल गरे ।

    यो समूहको अर्को खेलमा पोर्टोले मार्सेलाई ३–० ले हराएको छ ।

    अंक तालिकामा सिटी ९ अंकसहित शीर्ष स्थानमा छ । पोर्टोको ६ अंक छ भने ओलम्पियाकोसको ३ अंक छ। मार्सेले अंक जोड्न सकेको छैन ।
    साथै, स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानमाथि जित हात पारेको छ ।

    मंगबलार भएको समूह ’बी’ खेलमा रियलले इन्टरलाई ३–२ गोलले पराजित गरेको हो ।

    खेलको २५ मिनेटमा करिम बेन्जिमाको गोलबाट रियलले अग्रता लियो । ३३ मिनेटमा सर्जियो रामोसले रियलको अग्रता दोब्बर पारे ।

    ३५ मिनेटमा इन्टरका लाउटारो मार्जिनेजले गोल फर्काए । पहिलो हाफमा २–१ ले पछि परेको इन्टरका लागि इभान पेरिसिकले ६८ मिनेटमा अर्को गोल गर्दा खेल २–२ को बराबरीमा आयो ।

    खेलको ८० मिनेटमा रोड्रिगोले गोल गर्दा रियल ३–२ ले अघि बढेको थियो ।

    यो समूहको अर्को खेलमा युक्रेनको क्लब शख्तर डोनेट्स्कमाथि जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखले ६–० को सानदार जित हात पारेको छ।

    समूहमा तीन खेलबाट ५ अंक जोड्दै मुन्छेनग्लाडबाख शीर्ष स्थानमा छ । दोस्रो स्थानको डोनेट्स्क र तेस्रो स्थानको रियलको समान ४–४ अंक छ । इन्टर २ अंक जोडेर चौथो स्थानमा छ ।


    बुधवार, कार्तिक १९ २०७७०१:२०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij