Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

ओली क्याबिनेट: ९ नयाँ, १२ पुरानामन्त्री, अटाएनन् दलित

ओली क्याबिनेट: ९ नयाँ, १२ पुरानामन्त्री, अटाएनन् दलित

  • सोमवार, आषाढ ३१ २०८१

  • 2.0K
    SHARES

  • ओली क्याबिनेट: ९ नयाँ, १२ पुरानामन्त्री, अटाएनन् दलित
    काठमाडौं । नव नियुक्त  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल गठन गर्नुभएको छ ।  शीतल निवासमा आयोजित विशेष समारोह राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो।  पद तथा गोपनीयताको शपथ लिएलगत्तै सोमबार(आज) प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको हो ।
     
    प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट १०,नेकपा एमालेबाट ८ , जसपाबाट २  र लोसपाबाट १ जना मन्त्री बनेका छन्।  
     
    नेपाली कांग्रेसले एक उपप्रधानसहित १० जना मन्त्री पाएको हो । प्रकाशमान सिंह उपप्रधानसहित सहरी विकास मन्त्री  बन्नुभएको छ। रमेश लेखक  गृह, आरजु राणा देउवा परराष्ट्र, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या, बद्री प्रसाद पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयन, अजय चौरासिया कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्नुभएको छ।  दीपक खड्का ऊर्जा जलस्रोत तथा सिँचाइ, तेजुलाल चौधरी युवा तथा खेलकुद, रामनाथ अधिकारी कृषि तथा पशुपंक्षी विकास र  ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री नियुक्त हुनुभएको छ ।
     
    यसैगरी एमालेबाट एक उपप्रधानसहित ८ जना मन्त्री बनेका छन्। विष्णु पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री बन्नुभएको छ । पृथ्वी सुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि ,विद्या भट्टराई शिक्षा विज्ञान तथा प्रविधि,दामोदर भण्डारी  उद्योग वाणिज्य तथा आपूर्ति,मानवीर राई रक्षा ,बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी,देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नुभएको छ।  एमालेले भण्डारी र अधिकारीलाई पहिलेकै मन्त्रालयको जिम्मेवारी दिएको हो।
     
    लोकतान्त्रिक समाजवादी पार्टीबाट शरद सिंह भण्डारीले श्रम रोजगार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी  पाउनुभएको छ। ओली नेतृत्वको सरकारमा जनता समाजवादी पार्टीबाट दुईजनाले मन्त्री बन्ने मौका पाउनुभएको छ।  प्रदीप यादव खानेपानी मन्त्री र नवल किशोर साह (सूडी) महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्नुभएको हो। यादव यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हुनुहुन्थ्यो। गत वैशाख २३ गते  जसपा नेपाल फुटेर जसपा बनेपछि उहाँ स्वास्थ्यमन्त्री बन्नुभएको थियो।
     
    मन्त्रिमण्डल गठन गर्दा प्रधानमन्त्री ओलीले समावेशीलाई प्राथमिकतामा राख्न सक्नुभएन। संसद्का दुई ठूला दल एमाले र कांग्रेस दुवैले दलित समुदायलाई समेट्न सकेनन्। कांग्रेसको संस्थापन इतरपक्ष डा. शेखर कोइराला पक्षबाट जीवन परियारलाई सरकारमा पठाउने चर्चा भएपनि अन्तिममा उहाँलाई पठाउनुभएन।
     


    सोमवार, आषाढ ३१ २०८१०२:४२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij