Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अमेरिकी राष्ट्रपति निर्वाचन : कसको कति मत ?

अमेरिकी राष्ट्रपति निर्वाचन : कसको कति मत ?

  • बुधवार, कार्तिक १९ २०७७

  • 2.3K
    SHARES

  • अमेरिकी राष्ट्रपति निर्वाचन : कसको कति मत ?

    एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उमेदवार जो बाइडेनले २३८ र वर्तमान राष्ट्रपति तथा रिपब्लिकनका डोनाल्ड ट्रम्पले २१३ इलेक्टोरल भोट ल्याएका छन् ।

    ६ वटा महत्वपूर्ण राज्यको परिणाम आउन बाँकी छ । यसैबीच, बाइडेनले नेभादा र विस्कोन्सिनमा झिनो अग्रता कायम गरेका छन् ।
    ती दुवै राज्य जितेमा उनले नर्थ क्यारोलाइना, जर्जिया, मिशिगन वा पेन्सिल्भेनियामध्ये एक राज्य मात्र जिते पुग्छ ।

    तर निकै कडा प्रतिस्पर्धा भइरहेकाले कतिपय ठाउँमा मतपत्र पुनः गन्ने अनि कानूनी चुनौती पनि दिइने सम्भावना रहेको बताइन्छ ।

    तर, बाइडेनले थप राज्यहरू जिते भने त्यसको सम्भावना कम रहेको छ ।


    बुधवार, कार्तिक १९ २०७७०४:३२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij