Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

‘काठमाडौं मागिखानेको सहर हो भनेर विश्वलाई नचिनाउँ’

‘काठमाडौं मागिखानेको सहर हो भनेर विश्वलाई नचिनाउँ’

  • बुधवार, कार्तिक १९ २०७७

  • 840
    SHARES

  • ‘काठमाडौं मागिखानेको सहर हो भनेर विश्वलाई नचिनाउँ’

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीको स्वस्थ जीवनप्रति संवेदनशील भएको बताउनुुभएको छ ।

    आज पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न सार्वजनिक र भीडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको बताउनुुभएको हो ।

    कोभिड–१९ का कारण प्रभावित भएका काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्नेलाई काठमाडौं महानगरपालिकाले सुरुदेखि नै सहयोग गर्दै आइरहेको पनि मेयर शाक्यले दाबी गर्नुुभयो ।

    महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी भए आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाडौं महानगरपालिका प्रतिबद्ध रहेको मेयर शाक्यले बताउनुुभयो ।

    ‘हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरी खाना खान पाउनुपर्छ भन्नेमा काठमाडौं महानगर दृढ छ । तर श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्ने बेलामा निशुुल्क खाना वितरण गरेर अल्छी बनाउन हुँदैन’, उहाँले भन्नुभयो ।

    काठमाडौंलाई गरिखानेहरुको सहरका रुपमा चिनाउनुपर्ने बताउदै उहाँले ऐतिहासिक र साँस्कृतिक सहरका रुपमा परिचित काठमाडौंलाई मागिखानेहरुको सहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने आफ्नो चाहाना रहेको बताउनुुभएको छ ।

     


    बुधवार, कार्तिक १९ २०७७०५:४८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij