Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै असन्तुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै असन्तुष्टि

  • सोमवार, श्रावण ७ २०८१

  • 1.1K
    SHARES

  • प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै असन्तुष्टि

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

    प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रमको सुरुमा प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइनको विवादलाई लिएर आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै प्रतिवाद गर्नुभएको हो ।

    त्यसअघि शून्य समयमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले यो विवादमा प्रधानमन्त्रीले झुट बोलेको दाबी गर्नुभएको थियो । अदालतले समेत विद्युत महसुल उठाउन आदेश दिइसकेको अवस्थामा केही उद्योगको लाइन काटिएको भन्दै उहाँले भन्नुभयो, ‘हिजो प्रधानमन्त्रीले रोष्टमबाटै सफेद झुट बोल्नुभयो । सबै प्रमाण अवज्ञा गर्नुभयो र विचौलियाको भाषामा विद्युत लाइन जोड्ने‘।’ दाहालको बोल्दाबोल्दै समय सकियो ।

    शून्य समयपछि प्रश्नोत्तरका लागि रोष्टममा पुग्नुभएका प्रधानमन्त्री ओलीले संसदमा भएको कुरा गर्न र जथाभावी नबोल्न आग्रह गर्नुभयो ।

    डेडिकेटेड र ट्रंक लाइनको विवादमा आफूले विद्युत महसुल तिर्नु पर्दैन भनेर नभनेको ओलीले बताउनुभयो । यो आजको नभई ९–१० वर्ष अगाडिदेखिकै विवाद भएको र बेलाबेला लाइन काट्ने र जोडिने भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘मलाई कुनै लप्पनछप्पन गर्नु छैन, बेठिक खालका सेटिङ र विभिन्न खालका तन्त्रका पछाडि कुद्नु पनि छैन ।’


    सोमवार, श्रावण ७ २०८१०३:१३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij