Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान भइरहेको छ : स्वास्थ्यमन्त्री पौडेल

सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान भइरहेको छ : स्वास्थ्यमन्त्री पौडेल

  • बिहिवार, श्रावण १० २०८१

  • 556
    SHARES

  • सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान भइरहेको छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताउनुभएको छ ।

    आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न पुगेका मन्त्री पौडेलले यस्तो प्रतिबद्धता जनाउनुभएको छ ।

    उहाँले अहिले मृतकहरूको फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न सङ्केतबाट पहिचान गर्ने काम भइरहेको र बुधवार नै ४ वटा शवको पहिचान भइसकेको बताउनुभयो । उहाँले शवको पहिचान भएपनि म्याचिङ गर्न बाँकी रहेको बताउनुभयो । उहाँले बिहीबार बेलुकासम्म सबैको पहिचान गरिसक्ने र शुक्रवार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको बताउनुभयो। उहाँले पहिचान हुन नसकेको शवहरूको भने डिएनए गर्नुपर्ने भएकाले केही समय लाग्न सक्ने बताउनुभयो ।

    नेपालको हवाई क्षेत्र सुरक्षित हुन नसकेको भन्दै उहाँले वर्षेनी ठुलो सङ्ख्यामा क्षति व्यहोर्नु परिरहेको भन्दै उहाँले नेपाललाई पर्यटकीय गन्तव्य बनाइराख्न यस प्रकारका असुरक्षाले क्षति पुग्ने बताउनुभयो । उहाँले सरकारले भएका कमजोरी र लापरबाही पत्ता लगाएर कारबाही, सुधार र नियमन गर्ने पनि बताउनुभयो । उहाँले पुराना र बिग्रिएका जहाज प्रयोग गर्न र मापदण्ड पूरा नभएका विमान उडान गर्न रोक लगाउँदै विमानस्थल भित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण बनाउनुपर्ने बताउनुभयो ।

     


    बिहिवार, श्रावण १० २०८१०१:४०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij