Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रास्वपा बैठक: ९० दिनभित्र विधान संशोधन सुझाव पेस गर्न  निर्देशन, कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने

रास्वपा बैठक: ९० दिनभित्र विधान संशोधन सुझाव पेस गर्न  निर्देशन, कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने

  • बिहिवार, श्रावण १० २०८१

  • 987
    SHARES

  • रास्वपा बैठक: ९० दिनभित्र विधान संशोधन सुझाव पेस गर्न  निर्देशन, कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ९० दिनभित्र विधान परिमार्जन र संशोधन गर्ने भएको छ । सो पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले यसअघि गठित विधान परिमार्जन र संशोधन गर्न बनेको नेता कवीन्द्र बुर्लाकोटी नेतृत्वको कार्यदललाई ९० दिनभित्र सुझाव पेस गर्न निर्देशन दिएको सह प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । 
     
    ‘जलेश्वर बैठकपछि बनेको विधान परिमार्जन संशोधन कार्यदल बनेको थियो । उक्त कार्यदलले आजैबाट काम सुरु गर्ने र पहिलो बैठक अहिले नै बस्ने निर्णय गरेको छ’, बैठकपछि नेता झाले भन्नुभयो, ‘कार्यदललाई ९० दिनभित्र सुझाव प्रस्तुत गर्ने निर्देशन दिएको छ ।’ उहाँका अनुसार कार्यदल सदस्यमध्येबाटै उपसंयोजक र सचिव छनोट गर्ने अधिकार प्रत्यायोजन गरिएको छ ।  
     
    त्यसैगरी बैठकले आगामी दोस्रो साताबाट कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । 
     
    त्यसैगरी बैठकले पार्टीभित्र रहेका र उठेका धेरै विषयबारे छलफल गर्न क्लोज क्याम्पबारे छलफल भएको नेता झाले जानकारी दिनुभयो । ‘त्यो क्याम्पमा आज सभापतिले नेतृत्व गर्नुभएको छ’, झाले भने, ‘पार्टीका केन्द्रीय विभाग मनोनयन र अनुमोदन बाँकी सबै विभागहरूले कार्यविधि रिभ्यु गर्ने र त्यसकालागि प्रस्तुत गर्ने टिम पनि प्रस्ताव गर्ने निर्णय भएको छ ।’ 
     
    बैठकले यसअघि राष्ट्रिय योजना आयोगका सदस्य बनेका अरनिको पाँडेलाई पुन केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ । पाँडेले राष्ट्रिय योजना आयोगको सदस्य बनेपछि पार्टीबाट राजीनामा दिएका थिए । साथै पार्टी सचिवालयले विभिन्न समयमा गरेका निर्णयहरू पनि बिहीबारको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । 
     
    यसबाहेक पार्टीमा भएका घटना, अभियोग र उठेका सबै विषयमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई जिम्मा दिएको रास्वपाले जनाएको छ । 
     


    बिहिवार, श्रावण १० २०८१०४:०७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij