Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठक : लीलादेवी गडतौला मुख्यसचिव र योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

मन्त्रिपरिषद् बैठक : लीलादेवी गडतौला मुख्यसचिव र योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

  • बिहिवार, श्रावण १० २०८१

  • 1.3K
    SHARES

  • मन्त्रिपरिषद् बैठक : लीलादेवी गडतौला मुख्यसचिव र योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त
    काठमाडौं । मन्त्रिपरिषद्को बैठकले लीलादेवी गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको छ ।  आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिव गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।
     
    गडतौलालाई असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो । त्यसअघि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो ।
     
    तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो ।
     
    यस्तै सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई  नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताउनुभयो ।
     
    त्यसैगरी सरकारले योजना आयोगका सदस्यमा पूर्वसचिव रमेशप्रसाद सिंहसहित पाँच जनालाई नियुक्त गरेको छ ।
     


    बिहिवार, श्रावण १० २०८१०५:२३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij