Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेका नवनियुक्त उपाध्यक्ष बरालसहित मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

एमालेका नवनियुक्त उपाध्यक्ष बरालसहित मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

  • आइतवार, श्रावण २० २०८१

  • 1.3K
    SHARES

  • एमालेका नवनियुक्त उपाध्यक्ष बरालसहित मनोनीत केन्द्रीय सदस्यले लिए शपथ
    काठमाडौं । नेकपा (एमाले)का नवनियुक्त उपाध्यक्ष गुरू बरालसहित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार ललितपुरस्थित एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपाध्यक्ष बरालसहित केन्द्रीय सदस्यहरूलाई अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराउनुभएको हो।
     
    एमालेको गत शुक्रबार बसेरा होटेलमा बसेको सचिवालयको ३४ औं बैठकले उपाध्यक्ष बराल र १७ जना केन्द्रीय सदस्यहरूलाई मनोनीत गरेका थियो।
     
    सुवास कर्माचार्य (सिन्धुपाल्चोक), जितेन्द्र देव (सप्तरी), रामप्रीत राम (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमल तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान), केदार सिग्देले (तनहुँ), मनोहर पौडेल विक (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही) ले शपथ लिएका हुन्।
     
    त्यस्तै इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुषाल (अर्घाखाँची), प्रभा कोइराला (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ),  आशा जवेगु    (पाँचथर) ले पनि शपथ लिएका थिए।
     
    त्यस्तै, अनुशासन आयोगको सदस्यमा लमजुङमा मायानाथ अधिकारीलाई मनोनयन गरिएको थियो।
     


    आइतवार, श्रावण २० २०८१०२:१४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij