काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ ।
काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको हेलिकोप्टर नुवाकोटमा दुर्घटनामा परेर ५ जनाको मृत्यु भएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईले दिनुभयो ।
दुर्घटनामा परी चार चिनियाँ नागरिक र नेपाली पाइलट अरुण मल्लको निधन भएको छ । दुर्घटना लगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनाबारे दुःख व्यक्त गर्नुभएको छ। सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीहरूसँग भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटना हुनु दुःखद भएको बताउनुभयो ।