Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक हटाउने पक्षमा पर्यटन मन्त्री पाण्डे

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक हटाउने पक्षमा पर्यटन मन्त्री पाण्डे

  • बिहिवार, श्रावण २४ २०८१

  • 411
    SHARES

  • नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक हटाउने पक्षमा पर्यटन मन्त्री पाण्डे

    काठमाडौं । पछिल्लो समय भइरहेका हवाई दुर्घटनामा नागरिक उड्डयन प्राधिकरणको भूमिकामाथि सांसदहरूले प्रश्न उठाइरहेका बेला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आफू प्राधिकरणका महानिर्देशक हटाउने पक्षमा रहेको संकेत गर्नुभएको छ ।

    प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन नागरिक उड्डयन हेर्ने समितिमा बिहीबार उपस्थित भएका मन्त्री पाण्डेले पछिल्ला घटनाको नैतिक जिम्मेवारी लिएर महानिर्देशकले छाड्दा राम्रो हुने आशय व्यक्त गर्नुभयो ।

    उहाँले नैतिकता व्यक्तिमा निहीत हुने भएकाले यसमा आफूले बाध्य पार्न नसक्ने भन्दै नेतृत्वमाथि कारबाहीका लागि भोलि कुनै प्रक्रियाबाट उल्टिन नसक्ने उपाय आफूले खोजिरहेको खुलासा गर्नुभयो ।

    उहाँको संकेत सरकारले महानिर्देशक प्रदीप अधिकारीलाई हटाउने र अदालतबाट फर्किने अवस्था नआओस् भन्नेमा आफू सचेत रहेकोतर्फ थियो ।


    बिहिवार, श्रावण २४ २०८१०१:५६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij