एजेन्सी । अमेरिकाका ठूला टिभी च्यानलहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनलाई झुट भन्दै बीचैमा रोकिदिएका छन् । त्यहाँका एबिसी, सिबिएस र एनबिसी टिभीले राष्ट्रपति ट्रम्पको सम्बोधनलाई बीचैमा रोकेर आफ्नो दर्शकलाई राष्ट्रपतिले झुटो बयान दिएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले हुलाकबाट आएका मतहरुलाई धोकाधडी भएको बताउनुभएको थियो । ट्रम्पले चुनावअघि नै आफ्ना समर्थकलाई हुलाकबाट मत नदिन र आफै गएर मत हाल्न आग्रह गरेका थिए ।
उता जो बाइडेनले आफ्ना समर्थकलाई कोरोना महामारीमा हुलाकबाटै भोट हाल्न अपिल गरेका थिए । राष्ट्रपति ट्रम्पले आज पनि बैध मत मात्रै गनेमा आफू विजयी हुनेमा कुनै शंका नरहेको बताएका छन् ।