काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ९०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको हुनेको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ हजार ९०५ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, मन्त्रालयका अनुसार आइसोलेसनमा ३४ हजार ९०५ जना छन् भने क्वारेन्टाइनमा १२ सय ५४ जना रहेका छन् । आज चार हजार ५०० जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।
कोरोनाबाट नेपालमा थप १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै हालसम्म कोरोनाबाट एक हजार ७० जनाको मृत्यु भएको छ ।