काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर स्थिर हुँदा कतारी रियालको विदेशी विनिमय दर घटेको छ । यूरो र बेलायती पाषण्डको विनिमय दर भने बढेको छ ।
आज, अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्री दर १३४ रुपैयाँ ६१ पैसा रहेको छ । युरो एकको खरिद दर १४७ रुपैयाँ ७९ पैसा र बिक्री दर १४८ रुपैयाँ ४५ पैसा रहेको छ ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ४८ पैसा र बिक्री दर १७४ रुपैयाँ २५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।